back

प्रतिकित्ता १ सय रुपैयाँमा समृद्धि फाइनान्सको शेयर बिक्रीमा, कुन–कुन ठाउँबाट आवेदन दिन सकिन्छ ?

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आज (चैत २९ गते, मंगलबार) देखि अवितरित हकप्रद शेयर बिक्री खुला गरेको छ ।

फाइनान्स कम्पनीले आजदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ३३६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १ सय कित्ता शेयर गरी कूल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्था अनुसार लिलाम बढाबढ माध्यमबाट उक्त शेयर बिक्री गर्न लागेको हो ।

फाइनान्सको उक्त शेयरमा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा उक्त मूल्यभन्दा बढी मूल्य तोकेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयरमा आवेदन दिने समय वैशाख ७ गतेसम्म रहेको छ । फाइनान्सको उक्त शेयरमा बिओके क्यापिटल मार्केट नारायाणचौर, नक्साल काठमाडौं, बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड विराटनगर, आदर्शनगर विरगञ्ज, न्यूरोड पोखरा, टाफिक चोक बुटवल, सुर्खेत रोड नेपालगञ्ज, विरेन्द्र चौक विरेन्द्रनगर, सुर्खेत मेनरोड, चौराह धनगढी र समृद्धि फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय हेटौडा मकवानपुर, शाखा कार्यालय पुतलिसडक काठमाडौं, नारायणगढ चितवन, पोखरा कास्की, बुटवल रुपन्देहीमा गएर आवेदन दिन सकिन्छ ।

यसअघि कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी शेयर बैंकले लिलाम बढाबढ प्रक्रियाका माध्यमबाट बिक्री गरेको हो । फाइनान्सको शेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको कम्पनिले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...