back

धक्काले फेरियो भाग्य : गलत नम्बरले १ अर्ब २० करोड रुपैयाँको इनाम दिलायो

nactional life

काठमाडौं । जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नुको अलावा अरु के हुन सक्ला र ! तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ मिलेको छ ।

क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा लाक्वेड्रा एडवर्डस नामक महिला सुपर मार्केटमा लटरीको टिकट किन्न गएकी थिइन् ।

यो अवधिमा एक मानिसले उनलाई धक्का दिए, जसका कारण आफ्नो मनपर्ने नम्बर रोज्न पाइनन् र लटरी स्क्र्याच मेसिनमा उनको हात ४० डलरको टिकटमा थिचिन पुग्यो । उनले पछुतोका साथ जमीनमा झरेको टिकट उठाइन र धक्का दिने व्यक्तिलाई रिसाएर हेरिन् । उक्त व्यक्ति केही नबोलिकन चुपचाप निक्लेर गए ।

गलत नम्बरले फेरिदियो भाग्य
धक्काका कारण उनलाई गलत नम्बरमा दाउ लाग्यो र आफ्नो आवश्यकताको वस्तु किन्न नपाएकोमा लाक्वेड्रा रिसाइन् । उनी उक्त दिन केही अन्य सामान पनि किन्न चाहन्थिन्, तर भाग्यमा अन्य कुनै चिज थियो । लाक्वेड्राले केही दिनपछि कारमा राखिएको आफ्नो लटरी स्क्र्याच गरेपछि थाहा पाइन् जहाँ १ करोड डलर अर्थात १ अर्ब २० करोड रुपैयाँ जितेकी थिइन् ।

इनाम जितेपछि लाक्वेड्राले भनिन्,‘एक धक्काले मेरो भाग्य फेरियो । अब म उक्त अपरिचित व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । उनका कारण अब म आफ्नो प्रत्येक इच्छा पुरा गर्न सक्छु । आफ्नो घर किन्न सक्छु र मानिसको भलाईका लागि एनजीओ सुरु गर्नेछु ।’

अमेरिकामा लटरीको धेरै क्रेज
अनुसन्धान कम्पनी लेन्डईडीयूको एक रिपोर्टका अनुसार अमेरिकी नागरिक आफ्नो आयको ठूलो हिस्सा लटरीमा खर्च गर्छन् ।

अमेरिकाको कुल ५० राज्य मध्ये ४३ मा लटरी चल्छ, ७ राज्यमा लटरी छैन । लटरी खुल्ने सम्भावना अत्यन्त कम हुन्छ । यसका बावजुद धेरै अमेरिकी लटरीको पछि लाग्ने गर्छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...