back

अपि पावरले एक अर्ब आठ करोड ६० लाखको हकप्रद जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे ।

अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो ।

आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो ।

बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्छ ।

यसअघि कम्पनीले गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ।


साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो:  बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो: बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

वि.सं.२०८१ साउन ३ बिहीवार १७:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ साउन ३ बिहीवार ११:११

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

प्रि ओपन सेसन अपडेटः १३ अंक बढेर बन्द

वि.सं.२०८१ साउन २ बुधवार ११:२२

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेर बन्द...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०८

काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा...

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार १०:०५

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर...