अदीपेन्द्र सिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक
वि.सं.२०८१ पुस ६ शनिवार
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्तगर्दै ओमोडा कार जितेका छन् ।
नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइकललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।
एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् । २०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मीनिशमजिते बेस्ट ब्याटर बने भन ेउनले दुई लाख रुपैंयाँ नगद पाएका छन् ।
१६ वर्षका कर्णाली याक्सका विपिन शर्मा उदीय मान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।
यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एक दमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जितहासिल गर्न पाउँदा एक दमै उत्साहित छु ।’
सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।
प्रकाशित समय : १९:२४ बजे




















