back

अब उप्रान्त धरहरा ढल्दैनः प्रधानमन्त्री

nactional life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःर्निमित धरहरा अब कहिल्यै नढल्ने बताएका छन् । नवनिर्मित धरहराको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने , ‘अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’

ओलीले आफ्नो अवधारणा अनुसार धरहरा बनेको र यसको संरचना मजबुत रहेको समेत दाबी गरेका हुन् । ‘ “इतिहास झल्किने र आधुनिकता टल्किने” गरी यसको निर्माण गरिएको छ ।’ उनले भने ।
ओलीले थपे, ‘धरहरामा पार्किङ स्थल लगायतका अन्य संरचना र पुरानो भग्नावशेषलाई संरक्षण गर्नेबारे मैले एकखालको अवधारणा दिएको थिएँ । त्यही अनुसार पुरातत्व विभाग लगायतका डिजाइनरले ती कुराहरुलाई ध्यानमा राखेकोमा म धन्यवाद दिन चाहन्छु ।’

धरहरा उक्लिँदा आफूलाई आइफेल टावर चढ्दाको स्मरण भएको प्रधानमन्त्रीले बताए ।

‘माथि चढ्दा उधुम हावा चल्छ । जति गर्मीमा पनि त्यहाँको हावाले बेग्लै आनन्द दिने गरी निर्माण भएको छ,’ ओलीले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...