back

एफसी चितवनको जर्सी र प्रायोजकहरू सार्वजनिक

काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) आजबाट शुरू हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।
यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो । अवदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् । डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।

उक्त कार्यक्रममा गेमअन प्रा.लि एवम् एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, जर्सीका प्रायोजक लि–निङ्ग नेपालका प्रवन्धक कृतराज महर्जन, एफसी चितवनका मूख्य प्रशिक्षक मेघराज के.सी, मार्की प्लेयर भरत खवास, टीम म्यानेजर रूपेश अधिकारी र आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले सम्बोधन गरेका थिए ।
जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको बताउँदै प्रवन्ध निर्देशक ढकालले यो प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्ष शुरू हुने बताए । विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको स्मरण गर्दै ढकालले त्यस्तो अवस्थालाई अन्त्य गर्न आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गरेको हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको अवस्थामा समस्त दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त हुने र स्वयम् खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने देखेर हामीले यो प्रयासको थालनी गरेका हौँ । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेका छन् । एफसी चितवन टीममा आवद्ध खेलाडीहरूको खेल कौशल देख्दा अव नेपालमा पनि त्यो दिन धेरै टाढा नभएको ढकालले उल्लेख गरे ।

‘तपाइँहरूकै सहयोगका कारण नेपालको खेल क्षेत्रले एउटा नयाँ कोर्ष शुरू गर्ने मौका पायो, त्यसको प्रतिफल तपाइँको व्यापार व्यवसायमा पुग्ने गरी काम गर्नेछौँ ।’ भन्दै प्रवन्ध निर्देशक ढकालले एनएसएल सुपर लीगमा एफसी चितवन टीमलाई स्पोन्सर गर्नुहुने सम्पूर्ण कम्पनी प्रति हार्दिक प्रकट गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले फेन्चाइज प्रतियोगितामा विभिन्न व्यावसायिक समूहहरू विभिन्न टीमको स्वामित्व ग्रहण गरेपछि नेपाली फुटबल नयाँ यूगमा प्रवेश गरेको प्रतिक्रिया दिए । यसले नेपालमा फुटबललाई व्यावसायिकतामा रूपान्तरण गर्ने बताउँदै उपाध्यक्ष सिंहले खेलाडीहरूको भविष्य समेत सुरक्षित रहने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गेमअन प्रा.लि एवम् एफसी चितवनसँग आवद्व संस्था आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागिरहेको जानकारी दिँदै एफसी चितवन टीमलाई ट्रफी चुम्न सफलता प्राप्त होस् भनि शुभकामना व्यक्त गरे ।
गेमअन प्रा.लि बारेमाः

गेम अन प्रा.लि खेल र खेलकुदको क्षेत्रलाई प्रवद्र्घन एवम् व्यवस्थापन गर्ने उद्देश्यले स्थापित एक कम्पनी हो । आइएमई फाउन्डेसनसँग सम्बन्धित यस कम्पनीले खेलकुद क्षेत्रलाई संस्थागत गर्न खेलाडीहरूको सीप विकास गर्ने र व्यावसायिकता बढाउनका लागि काम गर्दै आइरहेको छ । खेलकुद विशेषतः फुटबलमा गहिरो अभिरूची राख्दै आएका यूवा उद्यमी सचिन ढकालले यो कम्पनीलाई नेतृत्व प्रदान गर्दै आइरहेका छन् । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...