राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन
वि.सं.२०७८ असार १५ मंगलवार
काठमाडौँ । राधी विद्युत कम्पनीको आज शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको जानकारी गराएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ११२० रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्न लागेसँगै मूल्य समायोजन भएको हो । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यो पनि पढ्नुहोस्
राधी विद्युतको ३६.५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२०७८ असार १५ गते प्रकाशित
प्रकाशित समय : ०६:५४ बजे