सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
वि.सं.२०७८ असार १५ मंगलवार
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । यो दिन सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो । गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर रहँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२०७८ असार १५ गते प्रकाशित
प्रकाशित समय : ०६:२९ बजे





















