back

राधी विद्युतको ३६.५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । राधी विद्युत कम्पनीले साधारण सभा गर्ने मिति तय गरेको छ । कम्पनीको अषाढ ७ गते बसेको संचालक समितिको बैठकले अषाढ २९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभा प्रयोजनार्थका लागि कम्पनीले भोलि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । तसर्थ कम्पनीको सोही लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

सभामा कम्पनिको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाइ ३६.५० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा कम्पनीको प्रवन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा कम्पनीले १४७।५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद कित्ता बिक्री गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६–०७७ सम्मको मुनाफाबाट वितरण हुने ३६।५० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १४७।५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।

२०७८ असार १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...