back

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

नीतिगत सुधार गरेर अघि बढ्न कांग्रेसले मात्र सक्छ,

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन् । विशेष कुराकानी गर्दै उनले देशभरका उद्यमी, व्यवसायी एवम नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् ।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलनको आयोजना गर्नुको उद्देश्य पनि उद्यमीहरुका समस्याहरु र संभावनाहरु एउटै मन्चमा खोजेर समाधानको बाटोमा लैजानुपनि रहेको उनले बताइन् ।

‘खासगरी नव उद्योगीहरुका समस्याहरुलाई कांग्रेसले समाधान गर्छ भन्ने सन्देश हामीले दिनुपर्नेछ । धेरै युवाहरु पलायन भए भनेर भाषण मात्र गर्ने हाम्रो परिपाटी छ । तर हामी स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्षम छौं भन्ने सन्देश पनि दिन चाहन्छौं । युवा पलायनबारे भाषण गरेर समाधान हुन सकेन । नेपालमै युवाहरु बसुन् , रोजगारी पाएर काम गरुन भन्ने वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो,’ उनले भनिन् ।

उनले साना तथा मझौला व्यवसायीहरुका थुप्रै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न पनि कांग्रेसले सक्छ भन्ने सन्देश दिनुपर्ने आवश्यक्ता रहेको औंल्याइन् । ‘व्यवसायीहरु असफल भयौं भनिरहनुभएको छ । काम गर्दागर्दै असफल भएर विदेशतिर पलायन भएँ भनिरहनुभएको छ । तर त्यसको समाधान गर्न सकिन्छ भनेर एउटै मन्चमा आवाजहरु संकलन गरेर एक्सनमा काम गर्न चाहेका छौं,’ उनले भनिन् ।

काम गर्ने शिलशिलामा साना तथा मझौला व्यवसायीहरुको स–साना धेरै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न कांग्रेसले पहल गर्ने पनि उनले विश्वास दिलाइन् । ‘जति साना तथा मझौला व्यवसायहरु दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरु मात्र सफल भएका छन् भन्ने छ । व्यवसायहरु दर्ता गर्ने प्रणालीमा समस्या व्यहोरिरहनुपरेको छ । करमा समस्या छ । यस्ता धेरै समस्याहरु नेताहरुले बुझ्नुपर्छ । नेताले नबुझे समस्याको समाधान हुँदैन । नीति निर्माण गर्ने सम्बन्धित निकायहरुसँग पनि अन्तरक्रिया गर्नुपर्छ भनेर सम्मेलनको आयोजना गर्न तत्पर भएका हौं,’ थपलियाले सुनाइन् ।

यसैगरी उनले नव उद्योगीहरुलाई प्रोत्साहन स्वरुप कांग्रेसले त्यसलाई सहयोग पनि गर्ने र छलफलको माध्यमबाट ल्याएर समग्र समस्याहरु सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइन् । समस्याहरु जरोसम्मै पहिलाएर समाधानको बाटो खोज्ने उनले बताइन् ।

उनले उत्पादित भएको बस्तुहरु सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताइन् । उनले कृषकहरुका धेरै समास्याहरु रहेको बताउँदै, कृषकहरुको समस्याको समाधान गर्ने पार्टी नै कांग्रेस भएको दावी गरिन् । उनले कृषक र उद्यमीहरुको समस्या समाधान गर्ने थलो भनेको काङ्ग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात गर्ने बताइन् ।

उनले उद्यमीहरुको लागि नेपालमा दर्ता र करको साथै बजार व्यवस्थापनको पनि ठूलो चुनौती रहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘पहिलो कुरा दर्ता प्रक्रियामा एकदमै समस्या छ । वडा, पालिका, प्रदेश सबैतिर जानुपर्ने झन्झटिलो प्रक्रिया छ । यस्तै करमा पनि समस्या छ ।

उत्पादनको बजार व्यवस्थापन भएको छैन् । नेपालको सामानलाई प्रोत्साहन गर्नको लागि त हाम्रो बजार खुल्ला हुनुपर्ने हो तर त्यो छैन् । किनभने बाहिरबाट ल्याएका सामान सस्तो हुन्छ, नेपालभित्रै उत्पादन भएको सामान महंगो हुन्छ भन्ने सन्देश वाहिर गएको छ । बजार व्यवस्थापन पनि मुख्य चुनौतीको रुपमा देखा परेको छ,’ उनले अगाडि भनिन्,‘यस्ता कुराहरुलाई मन्थन र गन्थन गरेर निचोड निकाल्न सकिन्छ की भनेर हामी क्रियाशील भएका हौं । व्यवसायीहरुलाई विचलित हुन नदिन हाम्रो प्रयास हो । व्यवसायीहरुलाई पलायन हुन नदिन नीतिगत सुधार गरेर अघि बढ्न कांग्रेसले मात्र सक्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने छ ।’

उनले कुनै उद्योग खोल्नको लागि सरकारी, निजी बैंकले कारखाना धितो राखेर लोन दिने हो भने स्वतन्त्र भएर काम गर्न पनि बताइन् । व्यवसाय फस्टाउनको लागि नीतिको आवश्यक हुने हुँदा कतिपय कुरामा नीतिले नै समस्या पारिरहेको पनि उनको भनाई छ । उनले कांग्रेसको अबको मुल एजेन्डा आर्थिक रुपान्तरण हुनुपर्ने र त्यसका लागि उद्योगीहरुलाई सहज वातावरण बनाउनुपर्ने रहेको उल्लेख गरिन् ।
०००००००००००००
साना–ठूला एवम मझौला उद्योगीहरुको समस्या कांग्रेसले समाधान गर्छ ः उर्मिला थपलिया
उद्योगी–व्यवसायीलाई विदेश पलायन हुन दिंदैनौं, कांग्रेसले यसमै काम गर्छ ः उर्मिला थपलिया
कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ ः थपलिया
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन् ।
नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै उनले देशभरका उद्यमी, व्यवसायी एवम नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् ।
उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलनको आयोजना गर्नुको उद्देश्य पनि उद्यमीहरुका समस्याहरु र संभावनाहरु एउटै मन्चमा खोजेर समाधानको बाटोमा लैजानुपनि रहेको उनले बताइन् ।
‘खासगरी नव उद्योगीहरुका समस्याहरुलाई कांग्रेसले समाधान गर्छ भन्ने सन्देश हामीले दिनुपर्नेछ । धेरै युवाहरु पलायन भए भनेर भाषण मात्र गर्ने हाम्रो परिपाटी छ । तर हामी स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्षम छौं भन्ने सन्देश पनि दिन चाहन्छौं । युवा पलायनबारे भाषण गरेर समाधान हुन सकेन । नेपालमै युवाहरु बसुन् , रोजगारी पाएर काम गरुन भन्ने वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो,’ उनले भनिन् ।
उनले साना तथा मझौला व्यवसायीहरुका थुप्रै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न पनि कांग्रेसले सक्छ भन्ने सन्देश दिनुपर्ने आवश्यक्ता रहेको औंल्याइन् । ‘व्यवसायीहरु असफल भयौं भनिरहनुभएको छ । काम गर्दागर्दै असफल भएर विदेशतिर पलायन भएँ भनिरहनुभएको छ । तर त्यसको समाधान गर्न सकिन्छ भनेर एउटै मन्चमा आवाजहरु संकलन गरेर एक्सनमा काम गर्न चाहेका छौं,’ उनले भनिन् ।
काम गर्ने शिलशिलामा साना तथा मझौला व्यवसायीहरुको स–साना धेरै समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्न कांग्रेसले पहल गर्ने पनि उनले विश्वास दिलाइन् । ‘जति साना तथा मझौला व्यवसायहरु दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरु मात्र सफल भएका छन् भन्ने छ । व्यवसायहरु दर्ता गर्ने प्रणालीमा समस्या व्यहोरिरहनुपरेको छ । करमा समस्या छ । यस्ता धेरै समस्याहरु नेताहरुले बुझ्नुपर्छ । नेताले नबुझे समस्याको समाधान हुँदैन । नीति निर्माण गर्ने सम्बन्धित निकायहरुसँग पनि अन्तरक्रिया गर्नुपर्छ भनेर सम्मेलनको आयोजना गर्न तत्पर भएका हौं,’ थपलियाले सुनाइन् ।
यसैगरी उनले नव उद्योगीहरुलाई प्रोत्साहन स्वरुप कांग्रेसले त्यसलाई सहयोग पनि गर्ने र छलफलको माध्यमबाट ल्याएर समग्र समस्याहरु सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइन् । समस्याहरु जरोसम्मै पहिलाएर समाधानको बाटो खोज्ने उनले बताइन् ।
उनले उत्पादित भएको बस्तुहरु सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताइन् । उनले कृषकहरुका धेरै समास्याहरु रहेको बताउँदै, कृषकहरुको समस्याको समाधान गर्ने पार्टी नै कांग्रेस भएको दावी गरिन् । उनले कृषक र उद्यमीहरुको समस्या समाधान गर्ने थलो भनेको काङ्ग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात गर्ने बताइन् ।
उनले उद्यमीहरुको लागि नेपालमा दर्ता र करको साथै बजार व्यवस्थापनको पनि ठूलो चुनौती रहेको उल्लेख गरेकी छन् ।
उनले भनिन्, ‘पहिलो कुरा दर्ता प्रक्रियामा एकदमै समस्या छ । वडा, पालिका, प्रदेश सबैतिर जानुपर्ने झन्झटिलो प्रक्रिया छ । यस्तै करमा पनि समस्या छ । उत्पादनको बजार व्यवस्थापन भएको छैन् । नेपालको सामानलाई प्रोत्साहन गर्नको लागि त हाम्रो बजार खुल्ला हुनुपर्ने हो तर त्यो छैन् । किनभने बाहिरबाट ल्याएका सामान सस्तो हुन्छ, नेपालभित्रै उत्पादन भएको सामान महंगो हुन्छ भन्ने सन्देश वाहिर गएको छ । बजार व्यवस्थापन पनि मुख्य चुनौतीको रुपमा देखा परेको छ,’ उनले अगाडि भनिन्,‘यस्ता कुराहरुलाई मन्थन र गन्थन गरेर निचोड निकाल्न सकिन्छ की भनेर हामी क्रियाशील भएका हौं । व्यवसायीहरुलाई विचलित हुन नदिन हाम्रो प्रयास हो । व्यवसायीहरुलाई पलायन हुन नदिन नीतिगत सुधार गरेर अघि बढ्न कांग्रेसले मात्र सक्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने छ ।’
उनले कुनै उद्योग खोल्नको लागि सरकारी, निजी बैंकले कारखाना धितो राखेर लोन दिने हो भने स्वतन्त्र भएर काम गर्न पनि बताइन् । व्यवसाय फस्टाउनको लागि नीतिको आवश्यक हुने हुँदा कतिपय कुरामा नीतिले नै समस्या पारिरहेको पनि उनको भनाई छ । उनले कांग्रेसको अबको मुल एजेन्डा आर्थिक रुपान्तरण हुनुपर्ने र त्यसका लागि उद्योगीहरुलाई सहज वातावरण बनाउनुपर्ने रहेको उल्लेख गरिन् ।

nactional life
Corporatebazar 11 Anniversary

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

आइतबारको बिदा कटौती अभिभावकको माग

आइतबारको बिदा कटौती अभिभावकको माग

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२८

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:५६

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली...