back
himalayan life

एनएमबी बैङ्कद्वारा नेपालमा नै पहिलो पटक एआईमा आधारित भिकेवाईसी सञ्चालन

काठमाडौँ । बैङ्कको खाता खोल्न सहजीकरण गर्दै एनएमबी बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नै पहिलो पटक भिडियो केवाईसी (भिकेवाईसी) सञ्चालनमा ल्याएको छ।

भिकेवाईसीमार्फत स्वदेश साथै विदेशमा रहेका ग्राहकहरूले सजिलै भिडियो कलमार्फत ५ मिनेटमा नै खाता खोल्न सक्छन्।
बानेश्वरस्थित द एभरेस्ट होटेलमा भिकेवाईसीको घोषणा गर्दै बैङ्कले एनएमबी बैङ्कको ब्रान्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाहलाई नियुक्ति समेत गरेको छ।

कार्यक्रममा शाहले एनएमबी बैङ्कसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी व्यक्त गर्नुका साथै बैङ्कको उत्तरोत्तर प्रगतिको कामना गरे।

एनएमबी बैङ्कका सिइओ सुनिल केसीका अनुसार अहिले जस्तो बजारमा तरलता सङ्कट हुँदा भिकेवाईसीले सङ्कट न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। केसी भन्छन् ‘अहिले हाम्रो बैंकिंग प्रणालीमा तरलता सङ्कट भइरहेको छ। आयात बढ्दो छ, सरकारी खर्च कम हुनुका साथै रेमिटेन्स पनि कम आइरहेको छ। सरकारले आन्तरिक खर्च वा निक्षेपमा ब्याज वृद्धि गर्दैमा समस्याको समाधान हुँदैन। त्यसैले हामीले कुनै न कुनै तरिकाबाट विदेशबाट पैसा ल्याउने काम गर्न अत्यावश्यक छ। जसका लागि भिकेवाईसीले ठूलो भूमिका निर्वाह गर्छ।अहिले झन्डै ६०–६५ लाख नेपालीहरू विदेशमा छन्। विदेश जानेहरूको सङ्ख्या बढ्दो छ। तर रेमिटेन्स भने घट्दो छ । जुन बैंकिंग च्यानलबाट नेपालमा पैसा आउनु पर्ने त्यो आएको छैन। भिकेवाईसीमार्फत खाता खोल्न सहजीकरण गरेसँगै नेपालमा विदेश रहेका नेपालीहरूले ढुक्क साथ पैसा पठाउँछन्। जसका कारण बेला(बेलामा हुने तरलता सङ्कटको पनि समाधान हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौ।

भिकेवाईसी एउटा प्रडक्ट मात्र नभएर अभियान रहेको केसीले बताए। नेपालमा पैसा पठाउँदा सुरक्षा नदेख्दा झन्डै एकतिहाई पैसा विदेशमा नै रहन्छ। उक्त पैसा गोल्ड, क्रिप्टो लगायत अन्य स्पेकुलेटिभ क्षेत्रमा प्रयोग हुने सुनिन्छ। यो समग्र बैंकिंग क्षेत्रको नै चुनौती भएकाले भिकेवाईसी यस चुनौतीको समाधान हुने उनले बताए। केसीले नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार साथै समाजसेवी पल शाह सहकार्य गर्न पाउँदा गर्वानुभूति भएको बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...