back

नेप्सेको सीईओको लागि यी ११ जनाले दिए आवेदन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि ११ जनाले उमेद्वारी जनाएका छन् । सिईओका लागि आवेदन दिन आज आवेदन दिने आज अन्तिम दिनसम्ममा ११ जनाको आवेदन परेको हो ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, अर्थ मन्त्रालयका अनुसार सिईओका लागि आवेदन दिनेमा हाल नेप्सेमै कार्यरत २ उच्च अधिकारी सहित ११ जना रहेका छन् ।

धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका केहि आवेदकले समेत नेप्सेको सीइओको लागि आवेदन दिएका हुन्। नेप्सेको सीइओ बन्नको लागि नेप्से भित्र बाट नै आवेदन दिनेमा हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, र उपप्रबन्धक प्रविन पन्दाक रहेका छन् । त्यस्तै बोर्डको अध्यक्षको लागि आवेदन दिएका जीवन अमगाई र केशव कुमार श्रेष्ठले नेप्सेको सीइओको लगी पनि आवेदन दिएका हुन् भने बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरेले आवेदन दिएका हुन् ।

के हुन्छ सिईओ छनोट प्रक्रियाः
छनौट तथा सिफारिस समितिले यी ११ जना मध्येबाट ३ जनाको नाम छनौट गरि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ ।

मन्त्रिपरिषद्को बैठकले १ जनालाई सीइओ नियुक्त गर्ने छ ।

सिईओको लागि आवस्यक योग्यता

नेप्सेको सीईओको दाबी गर्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ मा तोकिए बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन, विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने छ ।

त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको र धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नरहेको हुनु पर्ने ब्यबस्था छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...