सुनचाँदीको मूल्यमा सामान्य गिरावट
वि.सं.२०७८ कात्तिक २९ सोमवार
काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार बढिरहेको सुनचाँदीको मूल्य आज सस्तिएको हो । आज सुन प्रतितोला तीन सयले सस्तियसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा झरेको छ ।
हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : १२:२४ बजे