back

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा निर्देशित कर्जा लागू गर्नुपर्ने बताएको छ । संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव तयार गर्दै यस्तो माग गरेको हो ।

संघले राष्ट्र बैंकले तोकेका प्राथमिकता प्राप्त क्षेत्रहरूमा अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि अनिवार्य रूपमा समावेश गरिनुपर्ने माग राखेको हो । यस्तै, बैंकहरूमा थुप्रिएको तर बिक्री हुन नसकेको गैर–बैंकिङ्ग सम्पत्तिलाई लिजमा दिन सकिने गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संशोधन गर्न पहल गर्नुपर्ने बताएको छ । बैंकर्स संघले बैंकहरुले विदेशमा शाखा सञ्चालनकबो विषयलाई पनि प्राथमिकतामा राखेर सुझाव पेश गरेको छ । संघले विदेशमा शाखा खोल्न हाल तोकिएको ५ प्रतिशतको खराब कर्जा र जोखिमसम्बन्धी व्यवस्थालाई अहिलेको अवस्थालाई हेरेर संशोधन गर्नुपर्ने बताएको हो । विगत लामो समयदेखि उठेको सेन्ट्रलाइज्ड केवाइसी प्रणालीमा पनि संघदले चासो राखेको छ । संघले ग्राहकले पटक–पटक फरक बैंकमा विवरण बुझाउनुपर्ने झन्झट अन्त्य गर्न सेन्ट्रलाइज्ड केवाइसी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने माग राखेको छ ।

यस्तै, पछिल्लो समय बढिरहेको डिजिटल ठगीबाट ग्राहकलाई जोगाउन प्रहरी र बैंकहरूबीच सूचना आदानप्रदान गर्ने एउटा साझा प्लेटफर्म बनाउनुपर्ने माग बैंकरको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...