back

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी बिक्री गर्दैछ । राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार आज एक दिनका लागि २.५ ग्राम तौलका सुनका सिक्का बिक्री गर्ने भएको हो।

आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का बिक्री गरिनेछ भने एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। सुनको सिक्काको मूल्य भने आजको बजार मूल्यका आधारमा निर्धारण भएको बैंकले बताएको छ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ। मूल्य राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।

के हो असर्फी ?

असर्फीको अर्को नाम ‘सुनको सिक्का’ हो । असर्फी सिक्काका रूपमा भए पनि चलनचल्तीको मुद्रा होइन । यसकारण असर्फीले सामान खरिद गर्न वा आवश्यकताअनुसार खर्च गर्न मिल्दैन ।

सुनलाई गालेर सिक्काको आकार दिइन्छ र त्यसलाई असर्फी भनिन्छ । यो काम राष्ट्र बैंकले गर्छ । दुई वर्षअघिसम्म सुन्धारास्थित पुरानो घरमा राष्ट्र बैंकको टक्सार विभाग थियो । त्यहाँ विभिन्न परिमाण र डिजाइनका सुनका सिक्का बनाइन्थ्यो । उक्त स्थान अहिले बबरबहलस्थित औषधि व्यवस्थापन विभाग परिसरमा स्थानान्तरण गरिएको छ । अहिले त्यहीँबाटै सिक्का बिक्री गरिन्छ ।

‘असर्फी’ नाम सुन्नेबित्तिकै धनी तथा उच्च वर्गका लागि बनाइएको भन्ने लाग्न सक्छ । यो स्वाभाविक हो । सुनका सिक्का खरिद गर्ने क्षमता न्यून आय भएका व्यक्तिसँग हुँदैन । त्यसकारण असर्फी खरिद गर्ने प्रायः धनीवर्ग नै हुन्छन् । केही वर्षयता परिस्थिति बदलिएको छ । अचेल असर्फीमा सर्वसाधारणको पहुँच पनि बढेको छ । पछिल्ला वर्षमा असर्फीको माग उच्च दरले बढ्दै जानुले यो पुष्टि हुने राष्ट्र बैंकको दाबी छ ।

असर्फी कसरी बनाइन्छ ?

सुनलाई गालेर असर्फी बनाइन्छ । असर्फी बनाउन प्रयोग गरिने सुन राष्ट्रको हो । विभिन्न माध्यममार्फत संकलित सुन राष्ट्र बैंकको ढुकुटीमा हुन्छ । त्यही सुन पगालेर असर्फी बनाइन्छ । यो काम राष्ट्र बैंकको टक्सार विभागले गर्छ । त्यहाँ विभिन्न प्रकारका सिक्का बनाउने मेसिन छन् । असर्फी पनि त्यहीँ बनाइन्छ । असर्फीको डिजाइन र आकार भने फरक फरक हुन्छ । राष्ट्र बैंकले साढे दुई, पाँच र १० ग्राम सुन गरी तीन प्रकारका असर्फी बनाउँदै आएको छ । तीमध्ये साढे दुई सय ग्रामका असर्फीको माग बजारमा उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

असर्फी सिक्का भए पनि तिनमा (मूल्य) अंकित गरिएको हुँदैन । सिक्काको एक पाटोमा ‘असर्फी नेपाल’ र अर्को पाटोमा नेपाल राष्ट्र बैंक तथा मिति राखिएको हुन्छ ।


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...