back

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी बिक्री गर्दैछ । राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार आज एक दिनका लागि २.५ ग्राम तौलका सुनका सिक्का बिक्री गर्ने भएको हो।

आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का बिक्री गरिनेछ भने एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। सुनको सिक्काको मूल्य भने आजको बजार मूल्यका आधारमा निर्धारण भएको बैंकले बताएको छ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ। मूल्य राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ।

सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।

के हो असर्फी ?

असर्फीको अर्को नाम ‘सुनको सिक्का’ हो । असर्फी सिक्काका रूपमा भए पनि चलनचल्तीको मुद्रा होइन । यसकारण असर्फीले सामान खरिद गर्न वा आवश्यकताअनुसार खर्च गर्न मिल्दैन ।

सुनलाई गालेर सिक्काको आकार दिइन्छ र त्यसलाई असर्फी भनिन्छ । यो काम राष्ट्र बैंकले गर्छ । दुई वर्षअघिसम्म सुन्धारास्थित पुरानो घरमा राष्ट्र बैंकको टक्सार विभाग थियो । त्यहाँ विभिन्न परिमाण र डिजाइनका सुनका सिक्का बनाइन्थ्यो । उक्त स्थान अहिले बबरबहलस्थित औषधि व्यवस्थापन विभाग परिसरमा स्थानान्तरण गरिएको छ । अहिले त्यहीँबाटै सिक्का बिक्री गरिन्छ ।

‘असर्फी’ नाम सुन्नेबित्तिकै धनी तथा उच्च वर्गका लागि बनाइएको भन्ने लाग्न सक्छ । यो स्वाभाविक हो । सुनका सिक्का खरिद गर्ने क्षमता न्यून आय भएका व्यक्तिसँग हुँदैन । त्यसकारण असर्फी खरिद गर्ने प्रायः धनीवर्ग नै हुन्छन् । केही वर्षयता परिस्थिति बदलिएको छ । अचेल असर्फीमा सर्वसाधारणको पहुँच पनि बढेको छ । पछिल्ला वर्षमा असर्फीको माग उच्च दरले बढ्दै जानुले यो पुष्टि हुने राष्ट्र बैंकको दाबी छ ।

असर्फी कसरी बनाइन्छ ?

सुनलाई गालेर असर्फी बनाइन्छ । असर्फी बनाउन प्रयोग गरिने सुन राष्ट्रको हो । विभिन्न माध्यममार्फत संकलित सुन राष्ट्र बैंकको ढुकुटीमा हुन्छ । त्यही सुन पगालेर असर्फी बनाइन्छ । यो काम राष्ट्र बैंकको टक्सार विभागले गर्छ । त्यहाँ विभिन्न प्रकारका सिक्का बनाउने मेसिन छन् । असर्फी पनि त्यहीँ बनाइन्छ । असर्फीको डिजाइन र आकार भने फरक फरक हुन्छ । राष्ट्र बैंकले साढे दुई, पाँच र १० ग्राम सुन गरी तीन प्रकारका असर्फी बनाउँदै आएको छ । तीमध्ये साढे दुई सय ग्रामका असर्फीको माग बजारमा उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

असर्फी सिक्का भए पनि तिनमा (मूल्य) अंकित गरिएको हुँदैन । सिक्काको एक पाटोमा ‘असर्फी नेपाल’ र अर्को पाटोमा नेपाल राष्ट्र बैंक तथा मिति राखिएको हुन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

वि.सं.२०८३ जेठ १८ सोमवार १०:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु...

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

वि.सं.२०८३ जेठ १७ आइतवार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...