back

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागु गरिएको विभागले जनाएको छ।विभागले जारी गरेको सूचनाअनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले सोही देश र कम्पनीमा पुनः जानका लागि आवेदन गर्दा तोकिएका सबै शर्त पूरा गरेको अवस्थामा स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्रदान गरिनेछ।

स्वचालित पुनः श्रम स्वीकृति प्राप्त गर्न श्रमिकले पहिले श्रम स्वीकृति लिएको देश तथा कम्पनीकै लागि आवेदन दिएको हुनुपर्नेछ। साथै कम्तीमा तीन महिना अवधिको राहदानी वैधता, वैध भिसा, कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण र वैदेशिक रोजगारसम्बन्धी जीवन बीमा गरेको हुनुपर्ने विभागले जनाएको छ।वैध भिसा र करार सम्झौतासम्बन्धी विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले फेमिस प्रणालीमा गलत विवरण भरेर वा तोकिएका कागजातविना पुनः श्रम स्वीकृतिका लागि आवेदन गरेमा त्यसबाट उत्पन्न हुने त्रुटि तथा समस्याको जिम्मेवारी स्वयम् सेवाग्राहीले वहन गर्नुपर्ने स्पष्ट गरेको छ।

यो व्यवस्था मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार कार्यक्रमअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको कार्ययोजनाअनुसार लागु गरिएको विभागले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१७

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

वि.सं.२०८३ साउन ११ सोमवार १०:५८

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात...