back
Naima

अस्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधि चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ ।

चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन् ।

अस्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई एवं शुभकामना दिएका छन् ।
नेपाल र अस्ट्रेलिया बीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियामा नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘नेपालबाट अस्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अस्ट्रेलिया राम्रो बजार छ ।’

यस्तै अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरे ।चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न आफले पहल गर्ने शर्माले बताए ।
नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधी चयन गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

वि.सं.२०८३ साउन २६ मंगलवार १६:२३

काठमाडौं । महिलाहरूको नेतृत्व विकास, आपसी आत्मीयता तथा सामाजिक सेवाका...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...