back
Naima

संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : डा.राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद सरकारले चलाए चल्ने नत्र नचल्ने बाध्यतामा रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर हाम्रोमा संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताए ।
उनले भने, ‘संसद किन खुलिराखेको छैन भनेर चर्चा गर्दैगर्दा शक्ति पृथकीकरणको बहस गर्छौं ।

व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका छुट्टै चल्न सक्ने भनेर मान्छौ । तर यहाँ संसदको साँचो (चाबी) सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउदासम्म संसद सुचारु नहुने खालको व्यवस्था छ । अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ ।

सरकारले संसदको साचोे राखिदिएपछि संसद सरकारले चलाए चल्ने नत्र नचल्ने अवस्था बन्यो । पार्टीको कार्यक्रम वा कुनै शीर्ष नेतालाई हाच्छिउँ आउँदा पनि संसद स्थगित हुनुपर्ने बाध्यतामा पुनबिचार गर्नुपर्छ ।

उनले न्यायपालिका र कार्यपालिकाको काममा पनि सरकारले हस्तक्षप गर्ने गरेको आरोप लगाए ।
उनले भने, ‘शक्ति पृथकीकरणको कुरा त गर्छौ तर न्यायलयले पहिले सरकारको फोन कुरेर बस्नुपर्ने अवस्था छ ।

मान्छेलाई हिरासतमा पठाउने कि पुर्पक्षमा पठाउने भनेर सरकारकै आधिकारीकबाट जानकारी लिएर फैसला गर्नुपर्ने अवस्थामा छौं । मान्छेलाई हतकडी लगाएर ७७ जिल्ला घुमाउनुपर्ने हो कि छाड्दिनु पर्ने हो त्यसमा न्यायपालिकामाथि हस्तक्षेप हुन्छ । यसलाई सुधार गर्न आवश्यक छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...