back

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका थिए ।

गुरागाईँले २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा जाएका हुन् ।

महानगरपालिकाले आज उनीलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, महाशाखा प्रमुखहरू सहभागी भएका थिए ।

बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौं महानगरपालिकाले स्मरण गरिरहने बताइन् ।

‘पद अस्थायी हो । सेवा स्थायी हो,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘पदीय दायित्व सकिए पनि सेवा सकिँदैन । सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ ।’

काठमाडौं महानगरको इतिहासमा उनी (गुरागाईँ) नै प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त पहिलो अधिकारी छन् । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भने, ‘महानगरपालिकाको संस्थागत विकासका लागि यहाँको ज्ञान, सिप र अनुभव काम लाग्छ । यहाँबाट त्यस प्रकारको सेवाको अपेक्षा गरेका छौँ ।’

बिदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौं महानगरमा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताए । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुन् । मैले सहज रूपमा लिएको छु,’ उनले भने ।

२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय सेवामा बित्यो । त्यस क्रममा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...