नेशनल लघुवित्तका अध्यक्ष आचार्यले लिए सपथ

वि.सं.२०८१ जेठ ८ मंगलवार

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको अध्यक्ष केशव प्रसाद आचार्यले सपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंक बैंक वित्तीय संस्था नियमन विभाग प्रमुख गुरू प्रसाद पौडेलबाट अध्यक्ष अचार्यले सपथ लिएका हुन् ।
जेठ ३ गते सम्पन्न निर्वाचनबाट आचार्य लघुवित्तको अध्यक्षमा निर्वाचित भएका थिए । सञ्चालकहरूमा रविन सिजापती, क्षितिज खड्का, प्रदित कुमार रेग्मी, नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्वाचित भएका हुन् ।
साथै, लघुवित्त सञ्चालक समितिका सदस्यहरूले अध्यक्ष आचार्यबाट सपथ लिएका छन् ।

प्रकाशित समय : ०९:४८ बजे