back

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना ग्राहकलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ (Bill Jitau–IRD)’ सुविधा सञ्चालनमा ल्याएको छ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी एमबीएल एम–स्मार्ट एपमार्फत मर्चेन्ट क्यूआरमा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। कार्यक्रममा सहभागी हुन ग्राहकले छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता छैन।

बैंकका अनुसार ग्राहकले एमबीएल एम–स्मार्ट एपको ‘Bill Jitau (IRD)’ मेनुमा गएर योग्य कारोबारको संख्या, कारोबारको विस्तृत विवरण तथा उपहार विजेता भएमा त्यससम्बन्धी सूचना एउटै स्थानबाट हेर्न सक्नेछन्।

कार्यक्रमअनुसार आन्तरिक राजस्व विभागले योग्य कारोबारका आधारमा नियमित लक्की ड्र सञ्चालन गर्नेछ। हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।

बैंकले आफ्ना ग्राहकलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान/भ्याट बिल अनिवार्य रूपमा लिन, बिल सुरक्षित राख्न तथा ‘Bill Jitau (IRD)’ मेनुमार्फत योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...