गार्डियन माइक्रो लाइफका सिइओ भण्डारीको अध्यक्षतामा यस्तो बन्यो नेपाल लघु बिमक संघ

वि.सं.२०८१ जेठ ८ मंगलवार

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको अध्यक्षतामा नेपाल लघुबीमक संघ गठन भएको छ ।
हालै संचालनमा आएका ७ वटा माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतहरुको उक्त संघ गठन गरेका हुन् । समितिको उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला छन् ।
समितिको सचिवमा नरेश कुमार रोका र कोषाध्यक्षमा रामकुमार यादव छन् । रोका प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सका सीइओ हुन् भने यादव लिबर्टी माइक्रो लाइफका सिइओ हुन् ।
यस्तै, सदस्यमा नेपाल माइक्रोका सीइओ मृगेन्द्रनाथ रिमाल, क्रेस्ट माइक्रो लाइफका सीइओ प्रतापमान श्रेष्ठ र ट्रस्ट माइक्रो इन्सुरेन्स सीइओ उज्जल ढुंगाना रहेका छन् ।

प्रकाशित समय : ०९:४४ बजे