back

सहकारी छानबिन प्रकरण : कार्यदलको बैठक सुरु, के होला त छानबिन !

कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । 

कानुन मन्त्रालयमा मंगलबार सुरु बैठकमा नमिलेकाे विषयमा सहमति जुटाउन प्रयास हुनेछ ।  

यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । 


कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । 

सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो । 

नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।


३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५५

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको...

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

वि.सं.२०८१ चैत २७ बुधवार १५:००

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

वि.सं.२०८१ फागुन २५ आइतवार १३:४३

रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा....