back

नेपाल सहित यी ११ नेतालाई सोधियो स्पष्टिकरण

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि एमालेले कारवाही प्रक्रिया थालेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटीको बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, कल्याणी खड्का, रामकुमारी झाँक्री र लक्ष्मी कुमारी चौधरीसँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

२०७८ जेठ ८ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

वि.सं.२०८० जेठ १६ मंगलवार ११:४८

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका...