back

आशा लघुवित्तको नाफामा उछाल, २६७.८२ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा खुद नाफा २६७.८२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष समिक्षा अवधिमा २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले अहिले १० करोड ६७ लाख ६४ हजार आर्जन गरेको हो ।

यस अवधिमा चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष १३६.५० प्रतिशत बढेर १५ करोड ३५ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाको खुद ब्याज आम्दाजी ७८.४० प्रतिशत बढेर १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा लघुवित्तको निक्षेप संकलन ६३.५५ प्रतिशतले बढेर १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ र २ अर्ब ११ करोड २३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा प्रतिशेयर आम्दानी ३६.६३ रुपैयाँ बढेर ५३.२९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १५७.४० रुपैयाँ छ । संस्थाको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ३२.४६ गुणा छ ।

लघुवित्तको खराब कर्जा अनुपात केही घटेर ३.१५ प्रतिशतमा झर्दा कोषको लागत ६.२६ प्रतिशत रहेको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

खप्तड लघुवित्त धौलागिरी लघुवित्तमा गाभियो, २० गतेदेखि एकिकृत कारोबार

खप्तड लघुवित्त धौलागिरी लघुवित्तमा गाभियो, २० गतेदेखि एकिकृत कारोबार

वि.सं.२०८० असार १३ बुधवार १३:४७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा...

शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा ७७ जिल्लाका सीडीओलाई एकैपटक बुझाए ज्ञापनपत्र

शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा ७७ जिल्लाका सीडीओलाई एकैपटक बुझाए ज्ञापनपत्र

वि.सं.२०८० असार ११ सोमवार १५:४९

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...