back

आशा लघुवित्तको नाफामा उछाल, २६७.८२ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा खुद नाफा २६७.८२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष समिक्षा अवधिमा २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले अहिले १० करोड ६७ लाख ६४ हजार आर्जन गरेको हो ।

यस अवधिमा चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष १३६.५० प्रतिशत बढेर १५ करोड ३५ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाको खुद ब्याज आम्दाजी ७८.४० प्रतिशत बढेर १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा लघुवित्तको निक्षेप संकलन ६३.५५ प्रतिशतले बढेर १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ र २ अर्ब ११ करोड २३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा प्रतिशेयर आम्दानी ३६.६३ रुपैयाँ बढेर ५३.२९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १५७.४० रुपैयाँ छ । संस्थाको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ३२.४६ गुणा छ ।

लघुवित्तको खराब कर्जा अनुपात केही घटेर ३.१५ प्रतिशतमा झर्दा कोषको लागत ६.२६ प्रतिशत रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...