back

ठूला ६ वटा लघुवित्तलाई यही वर्षदेखि एनएफआरएस लागू गर्न आग्रह

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकले ठूला लघुवित्त कम्पनीहरुलाई नेपाल लेखा प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण प्रकाशन गर्न आग्रह गरेको छ । केन्द्रिय बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत् नै थोक कर्जा प्रवाह गर्ने र सर्वसाधारणसँग निक्षेप स्वीकार गर्ने लघुवित्त कम्पनीहरुलाई एनएफआरएस ढाँचामा समेत वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

आगामी असार मसान्तको प्रतिवेदन तयार पार्दा पुरानो प्रणाली र नयाँ एनएफआरएस प्रणाली दुबै विधीबाट वित्तीय विवरण बनाउनुपर्ने राष्ट्र बैंकले बताएको छ । तुलनायोग्य तथ्यांक तयार पार्नका लागि पहिले वर्ष दुबै विधीबाट लेखांकन गर्नुपर्ने हुन्छ । त्यसपछिका वर्षमा भने यी संस्थाले एनएफआरएस अनुसारमात्रै प्रतिवेदन तयार गर्दा हुन्छ ।

अहिले सञ्चालनमा रहेका ७६ लघुवित्त कम्पनीमध्ये तत्कालका लागि ६ वटा कम्पनीलाई मात्रै यो नियम लागू हुन्छ । आरएमडीसी लघुवित्त, सानाकिसान लघुवित्त, फस्ट फाइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले थोक कर्जा प्रवाह गर्दै आएका छन् ।

त्यस्तै निर्धनउत्थान लघुवित्त र छिमेक लघुवित्तले सर्वसाधारणबाट निक्षेप संकलन गर्छन् । यस बाहेकका लघुवित्त कम्पनीलाई भने यो वर्षको वित्तीय विवरण तयार पार्दा एनएफआरएस लागू गर्नुपर्ने बाध्यता रहँदैन ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...