back
himalayan life

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुईरदुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ ।

यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।

कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।

उक्त सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स रु एक लाख २१ हजार शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन । यो सुविधा महानगरबाट दुई किलोमिटरभन्दा टाढासम्मका लागि हो तर डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दूरीभन्दा बाहिर पनि जानुपर्नेछ ।

उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।

एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।
चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...