back
national life

भारत कोरोना अपडेटः हालसम्मकै बढीमा देखियो कोरोना,३ लाख ८६ हजार सङ्क्रमित

काठमाडौँ । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।

national life
gaugauma singhadarbar

निर्माण व्यवसायीहरूको अवस्था दयनीय छ, यसको सुधारका लागि अब्बल नेतृत्व आवश्यक छ : रोशन दाहाल

निर्माण व्यवसायीहरूको अवस्था दयनीय छ, यसको सुधारका लागि अब्बल नेतृत्व आवश्यक छ : रोशन दाहाल

वि.सं.२०८२ माघ ६ मंगलवार १३:५४

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल महासंघको...

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:३०

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा...

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

वि.सं.२०८२ पुस २९ मंगलवार १२:४०

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको...

मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो : बखत बहादुर शाही

मेरो लक्ष्य सत्ता होइन, नीति सुधार, लगानीको संरक्षण र दिगो विकास हो : बखत बहादुर शाही

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:३१

लामो समयसम्म नेपालको जलविद्युत क्षेत्रमा काम गरिसकेका सिभिल इन्जीनियर तथा...

असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी

असोजको बाढी-पहिरो क्षति उपर बीमा कम्पनीले दिए सवा ११ करोड दाबी भुक्तानी

वि.सं.२०८२ पुस ४ शुक्रवार १०:०८

काठमाडौं । गत असोज १८ गते आएको अविरल बर्षा तथा...

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित

वि.सं.२०८२ पुस २ बुधवार १७:५०

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९...