back
Naima

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने धारणा राखे ।

उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ ।

प्रचण्डले ०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए ।

उनले भने,‘७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता र निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौँ। त्यहीँबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौँ। आज फेरि यही हलमा हामी तिनै दुई पार्टीका नेताहरू मात्रै छौं ।’

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते नै गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक अर्थ रहेको बताए।

प्रचण्डले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासनहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।

‘नेपालजस्तो देशमा कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न, परिस्थितिको गम्भीरता र संवेदनशीलतालाई बुझेर नै कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गरिएको हो। त्यसको ऐतिहासिकता र महत्त्व त्यसैमा छ,’ उनले भने ।

प्रचण्डले इतिहासलाई समय र परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै कुनैपनि नीति वा विचारलाई स्थायी सत्यका रूपमा लिन नहुने बताए ।

‘सबै कुरा सर्वकालिक हुँदैनन्। ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको जीवित आत्मा हो। सबै सत्यहरू सापेक्षिक छन्, निरपेक्ष केही पनि छैन,’ उनले भने।

उनले माक्र्सवादी दर्शनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्ने भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...