back

राउटे बस्तीमा बाहिरी मान्छे जान रोक, अपनाइयो कडा सुरक्षा व्यावस्था

सुर्खेत । राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएसँगै राउटे वस्तीमा बाहिरी आगमन रोक लगानइएको छ । गुर्भाकोट नगरपालिका–११ मा बस्दै आइरहेका दुई युवतिमाथि यौन दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको हो । वस्तीमा बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको छ ।

राउटे समुदायका मानिसले सरकारको नियम भन्दा पनि आफ्नै नियममा चल्ने र यदि सार्वजनिक भएको भिडियो राउटे वस्ती सम्म पुगेमा ती दुई युवतिलाई समुदायले जे पनि गर्न सक्ने बताउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीका अनुसार अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ । दुई युवतीमाथि भएको घटना निन्दनीय रहेको बताउँदै दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए ।

उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको बताए । ‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं । त्यसका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाएको छु ।’ उनले भने ।

उनले अनुसन्धानका नाउँमा विभिन्न संस्थाहरुको लाइन लागेर आइरहेको बताउँदै त्यसले ती दुवै युवतीको ज्यान तलमाथि हुने सम्भावना भएका कारण कसैलाई पनि बस्तीनजिक जान नदिइएको बताए ।

२०७८ जेठ २४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...