back

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।

विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमाः

मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५०% छुटका साथै अनलाइन टेलि कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...