back

शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, सभामा लाभांश प्रस्ताव पारित

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कम्पनीकोे राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९/०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। त्यस्तै, आगामी आ.व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।

कम्पनीको चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूंजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ।

कम्पनीले वार्षिक साधारण सभामार्फत शेयरधनीलाई वितरण गरिने लाभांशसहित कम्पनीको वार्षिक प्रगति र भावी योजनाहरू प्रस्तुत गर्दै कम्पनीको दिगो विकास र वित्तीय स्थितिमा निरन्तर सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...