कालिका लघुवित्तको १५ औँ वार्षिक साधारण सभा सम्पन्न, सभामा लाभांश र मर्जर प्रस्ताव पारित
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभा आज होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।
प्रकाशित समय : १८:३८ बजे






















