back

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

nactional life

काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिने रहेको छ । कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले गत भदौ १८ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि आवेदन खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं। ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।

यसैगरी इलाममा रहेका नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माइजोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ।

यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि आईपीओ निष्कासन गर्ने भनेको थियो। तर कोभिड संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेपछि गत साउन २० गते एक सूचना निकाली अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो।

सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ।

सोहीअनुसार कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ।
२०७८ असोज १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...