सानिमा इक्विटी फन्डको मूल्यमा समायोजन
वि.सं.२०७८ असोज १ शुक्रवार
काठमाडौँ । सानिमा म्युचु्अल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको इकाइमूल्यमा समायोजन भएको छ ।
गत आर्थिक वर्षको प्रतिफलका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा इक्विटी फन्डको मूल्य प्रतिइकाइ १२.८५ रुपैयाँ कायम गरि समायोजन भएको हो ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार सानिमा इक्विटी फन्डको १६.१५ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो फन्डका इकाइहरु कारोबारमा आउनेछन्।
योजना व्यवस्थापक सानिमा क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट यस फन्डका इकाइधनीहरुलाई ३३ प्रतिशत नगद प्रतिफल (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
नगद प्रतिफल वितरणका लागि योजना व्यवस्थापकले आज असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ ३१ गतेसम्म कायम इकाइधनीहरुमात्र यो फन्डको प्रतिफल पाउन योग्य भएका छन्।
२०७८ असोज १ गते प्रकाशित
प्रकाशित समय : ११:०४ बजे




















