back

बीमा समितिको कडाईपछि नेपाल लाइफले बन्द गर्यो एकल बीमालेख पोलिसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकल बीमालेखको बिक्री बन्द गरेको छ । कम्पनीले ‘जीवन ज्योति बीमालेख’ अन्तर्गत एकल बीमा शुल्क तिर्ने गरी जारी हुने सबै अवधिका जीवन बीमालेखहरु प्राविधिक कारणले बैशाख १२ गतेदेखि बन्द गरिएको जनाएको हो ।

उद्यपी बीमा समितिले केहि समय अगाडि एकल बीमालेखमा कडाइ गरेको थियो । एकल बीमालेख जारी भएको तीन वर्षसम्म सरेण्डर गर्न नपाइने तथा तीन वर्षसम्म यस्ता पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्न नपाउने भन्दै निर्देशन दिएको थियो । यसैको प्रभाव स्वरुप नेपाल लाईफले यो निर्णय लिएको हुनसक्छ ।

एकल बीमालेखमा धेरै नै विकृति देखिए पछि समितिले बाध्य भएर कडाइ गरेको थियो । कम्पनीहरुले एकल बीमा लेखलाई टार्गेट पुरा गर्ने सजिलो माध्यमको रुपमा प्रयोग गर्दै आएका थिए । अभिकर्ता र कम्पनीका कर्मचारीरुले आफुलाई दिएको टार्गेट पुरा गर्न यस्ता बीमालेख बिक्री गर्ने गरेका थिए । टार्गेट पुरा गर्न नक्कली बीमालेख बिक्री गर्ने र एक वर्ष पछि सरेण्डर गराउने चलन बढेको थियो । तर यस्ता पोलिसीमा धेरै नै घाटा हुन थाले पछि कम्पनीहरुको बोनसदरमा ठुलो प्रभाव पारिरहेको छ । केहि वर्ष टार्गेट पुरा गर्ने हतियार बने पनि एक्चुरियल मूल्याङ्कन पछि पुर्ण रुपमा घाटा देखिने वित्तीकै कम्पनीको बोनसदर राम्रो देखिदैन । बोनसले कम्पनीको व्यवसायमा दिर्घकालिन प्रभाव पर्ने गर्छ ।


नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी...

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

वि.सं.२०८१ माघ २७ आइतवार १२:५३

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...