back
himalayan life

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।

९८ प्रतिशत घर धुरीमा विद्युत वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए ।

हाल मुआब्जा वितरण, जग्गा प्राप्ती लगायतका विषयमा समस्या रहेको उनको भनाइ छ । जलविद्युत उत्पादन मात्र प्रयाप्त नभएको बताउँदै सुदृढ, भरपर्दो, र आधुनिक प्रशारण प्रणाली नै नेपालको उर्जाको सुरक्षा, आर्थिक रुपान्तरण र समृद्धिको आधार भएको बताए ।

हाल ४ हजार १३० मेगावाट विद्युत उत्पादन भइरहेको उनको भनाइ छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावट पु¥याइने लक्ष्य लिइएको छ । ५ वर्षे रणनीति अनुसार अल्पकालिन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालिन रणनीतिमा ४०० केभी ब्याकबोन र स्मार्ट ग्रिड बनाउने रहेको छ । नेपालको जलविद्युत क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र प्रयाप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई विना कुनै प्राविधक सम्झौता सञ्चालन गर्न सकिने बताए ।

आगामी कदमको रुपमा विभिन्न खालका अवरोधहरु हटाउँदै ऐन, मापदण्ड लागू गर्दै, दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै उर्जाको रक्तसञ्चारलाई निर्वाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

अधिक तरलता सोस्न राष्ट्र बैंकले एक वर्षसम्मको आफ्नै ऋणपत्र जारी गर्न सक्ने

अधिक तरलता सोस्न राष्ट्र बैंकले एक वर्षसम्मको आफ्नै ऋणपत्र जारी गर्न सक्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक...

डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३१ बुधवार १९:१४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग (डीआरआई) खारेज...