back

कुमारी बैंकको तेस्रो त्रैमासीक छलाङः खुद नाफा ७८.५८ प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा आफ्ना आर्थिक सूचकहरुमा छलाङ मारेको देखिएको छ । यो तेस्रो त्रैमासमा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ७८ दशमलव ५८ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले समिक्षा अवधिमा वितरणयोग्य मुनाफामा पनि छलाङ हानेको छ । अर्थात गत वर्षको तुलनामा २०८५ दशमलव १५ प्रतिशतले आफ्नो वितरण योग्य नाफा बढाएको छ । अहिले बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको यस अवधिमा ४ करोड ५० लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो ।

बैंकले समिक्षा अवधिमा खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड २७ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी साढे ७ करोडबाट बढेर करिब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेर २ अर्ब ५९ करोढ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशत बढेर १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ३.७३ प्रतिशत बढेर ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, बैंकको निक्षेप ९।५७ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र कर्जा १६।५५ प्रतिशत बढेर १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...