इन्फिनिटी लघुवित्तको सिईओमा लामा नियुक्त
वि.सं.२०७८ वैशाख १२ आइतवार
काठमाडौं । इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रवीण कुमार लामा नियुक्त भएक छन । शनिबार बसेको लघुवित्तको संचालक समितिको बैठकले लामालाई सिईओमा नियुक्त गरेको हो । लामाले जेष्ठ २५ गतेदेखि आफ्नो पदभार सम्हाल्नेछन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३६ मा को व्यवस्था बमोजिम उनी संस्थाको सिईओमा नियुक्त भएका हुन । उनले अब चार वर्ष सिईओको रुपमा काम गर्ने छ ।
प्रकाशित समय : ०५:२० बजे