back

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

काठमाडौँ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव एक प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलव आठ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५÷७६’ अनुसार सेवा क्षेत्रअन्तर्गत कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव चार प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । त्यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८ दशमलव छ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले यस्तो सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल १५३ कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको बैंकले जनाएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आव २०७५÷७६ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानी आठ दशमलव आठ प्रतिशतले कमी आई रु १८२ अर्ब ९२ करोड कायम रहेको छ । कूल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ४८ दशमलव दुई प्रतिशत, रिजर्भ ४२ दशमलव आठ प्रतिशत र कर्जाको अंश नौ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।
यसैगरी २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये भारतबाट सबैभन्दा बढी रु ५६ अर्ब पाँच करोड र त्यसपछि क्रमशः चीनबाट रु २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट रु ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट रु आठ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...