back

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर-सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।

उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।

उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ ।’

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेको जानकारी दिए । तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था उनले बताए ।

उनले भने, ‘राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिंगो देश नै बन्धक बन्यो । त्यसैले सरकारले एक्सन लिइरहेको छ । तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो ।

दुइचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक राख्ने र युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका हौं ।’

nactional life
Corporatebazar 11 Anniversary

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:५१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा...

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४१

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा...

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

वि.सं.२०८३ वैशाख २ बुधवार १२:३९

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

वि.सं.२०८३ वैशाख २ बुधवार १०:४७

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा...