back

विरगञ्जमा पाँच पुल निर्माण हुँदै

काठमाडौँ । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाइएको र स्वीकृत भएर आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरिने सो कार्यालयले जनाएको छ ।

निर्माण हुने ती पाँच पुलमध्ये रु १२ करोडको लागतमा पर्साको रविदास–वञ्जारी जोड्ने सिकटा खोलामा निर्माण हुनेछन् । सो पुलको लम्वाइ ५० मिटर र चौडाई सात मिटर छ । मसियानी जगरनाथपुरको मध्यभागमा मधुवाहा खोलामा रु आठ करोडको लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल निर्माण हुनेछन् । बाराको कलैया–प्रस्टोका सडकखण्डअन्तर्गत रु साँढे ६ करोडको लागतमा संसारी माई खोलामा पुल बन्ने छन् । जसको लम्बाइ २५ मिटर र चौडाइ सात मिटर रहेको छ ।

यसैगरी बाराको टियर खोलामा रु आठ करोडको लागतमा पुल निर्माण हुनेछन् । इटहरी बेलाही सडक खण्डमा निर्माण हुने सो पुलको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर हुनेछन् । बारागढी–टेढाकट्टी सडक खण्डको चिउटाहा खोलामा रु आठ करोडको लागतमा अर्को पुल बन्ने छन् । सो पुलको लम्बाइ ४० मिटर र चौडाई सात मिटर रहने छन् । बारा र पर्सामा निर्माण हुने सो पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन रु दुई करोड निकासा भइसकेको र सो पुल निर्माणको ठेक्का साकार भइसकेपछि बाँकी बजेट प्रदेश नं २ सरकारले पठाउने कार्यालयले जनाएको छ । पर्सा र बारामा बन्न लागेको सो पुलको निर्माण भएपछि त्यस भेगका मानिसलाई आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...