कोभिडको कारण पशुपतिनाथ मन्दिर बन्द

वि.सं.२०७८ वैशाख ९ बिहीवार

काठमाडौँ । कोरोनाभाइरस महामारी फैलँदै गएपछि हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि बन्द गरिने भएको छ।
उक्त व्यवस्था शुक्रवारदेखि लागु हुने पशुपति क्षेत्र विकास कोषले वक्तव्यमार्फत जानकारी दिएको छ।
पशुपति क्षेत्रमै रहेको गुह्येश्वरी मन्दिरमा पनि शुक्रवारदेखि नै नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको उक्त वक्तव्यमा उल्लेख छ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेकाले नेपाल सरकारले जारी गरेको पछिल्लो आदेश अनुसार मन्दिरमा नित्य पूजाबाहेकका कार्य रोक्ने निर्णय गरिएको जानकारी दिए।

प्रकाशित समय : १२:२१ बजे