शनिबार र आईतबार गरेर जापानबाट ८ लाख डोज खोप आउँदै

वि.सं.२०७८ साउन २१ बिहीवार

काठमाडौँ । शनिबार र आईतबार जापानबाट ८ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आउने भएको छ ।
जापानले कोभ्याक्स संयन्त्रमार्फत नेपाललाई दिने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपको आधा हिस्सा ल्यान लागिएको हो ।
क्योदो न्यूज एजेन्सीका अनुसार, ५ लाख १० हजार डोज खोप शनिबार र ३ लाख ३० हजार डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
२०७८ साउन २१ गते प्रकाशित

प्रकाशित समय : ०९:४८ बजे