back
himalayan life

स्वाभिमान लघुवित्तको नाफा १५५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

लघुवित्तले समिक्षा अवधिमा ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १५५.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यता सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर ४ करोड ९० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ५९ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिमा संस्थाले ११ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५५.४२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड २२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४८ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ६२ करोड ५३ लाख रुपैयाँ सापटी लिई १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ४६४.८९ प्रतिशतले बढेर ६ करोड ६९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड १८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९ करोड २० लाख रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६०.७३ रुपैयाँ रहेको छ। पीई रेसियो ४१.३० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७२ रुपैयाँ रहेको छ।

२०७८ साउन २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...