back

स्वाभिमान लघुवित्तको नाफा १५५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

लघुवित्तले समिक्षा अवधिमा ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १५५.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यता सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर ४ करोड ९० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ५९ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिमा संस्थाले ११ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५५.४२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड २२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४८ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ६२ करोड ५३ लाख रुपैयाँ सापटी लिई १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ४६४.८९ प्रतिशतले बढेर ६ करोड ६९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड १८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९ करोड २० लाख रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६०.७३ रुपैयाँ रहेको छ। पीई रेसियो ४१.३० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७२ रुपैयाँ रहेको छ।

२०७८ साउन २१ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...