back
himalayan life

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेश गरेका हुन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र मार्केट म्यानुपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानून संशोधन आवश्यक रहेको बताए । उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गरे ।

संसद्को अधिवेशन नचलेको अवस्थामा जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको छ । नेपालको संविधानको धारा ११४ को उपधारा २ को प्रतिवन्धात्मक वाक्यांशको खण्ड ‘ग’ बमोजिम अध्यादेशलाई प्रतिस्थापन गर्न निश्चित समयावधिभित्रै विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यो विधेयक प्रस्तुत गरिएको अर्थमन्त्रीले सदनलाई जानकारी गराए।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...