नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकममा उत्साह कायमै
वि.सं.२०७८ साउन २१ बिहीवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक आज १६ अंकले घटेर ३,१०७.४५ विन्दुमा रोकिएको हो । परिसूचक घटेपनि कारोबार रकममा भने हौसला कायमै रहेको छ ।
यो दिन आज २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेचमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रूपैयाँ कारोबार भएको छ । ‘क’ वर्गको सेन्सेटिभ मापन गर्ने परिसूचक भने सकारात्मक छ । सेन्सेटिभ मापक भने आज ०.६४ अंकले बढेको छ ।
यो दिन बढी अपर तामाकोशीको ६४ करोडको सेयर कारोबार भएको छ । त्यस्तै अपी हाइड्रोपावर कम्पनीको ५३ करोडबराबरको कारोबार भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बैंकिङ समूहको सेयर मूल्य केही मात्रामा बढेको छ भने विकास बैंकको सेयर मूल्य २.२१ प्रतिशतले बढ्न पुगेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाउन पुगेका छन् ।
२०७८ साउन २१ गते प्रकाशित
प्रकाशित समय : १०:१७ बजे






















