back

सप्तकोशी बैंकको नाफामा उछाल, १०४.८३ प्रतिशतले बढ्यो

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा राम्रो प्रगति गरेको छ ।

आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले अघिल्लो वर्षको तुलनामा १०४.८३ प्रतिशत नाफा बढाएको छ ।

अर्थात अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ३ करोड २ लाख नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले ९ प्रतिशतको हाराहारीमा लाभांश वितरणको क्षमता बनाएको छ।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३३.०३ घटेर २ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेर ५ करोड ६६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षसम्म यस्तो आम्दानी २२ करोड २० लाख रुपैयाँ रहेको थियो।

बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ३ अर्ब ४० रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा ३.९२ प्रतिशत रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको सीडीआर ८६.१२ प्रतिशत रहेको छ भने आधार दर १०.२४ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.४२ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.६७ रुपैयाँ रहेको छ।
२०७८ साउन २१ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

वि.सं.२०८१ चैत १३ बुधवार ११:४५

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)...