back

सप्तकोशी बैंकको नाफामा उछाल, १०४.८३ प्रतिशतले बढ्यो

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा राम्रो प्रगति गरेको छ ।

आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले अघिल्लो वर्षको तुलनामा १०४.८३ प्रतिशत नाफा बढाएको छ ।

अर्थात अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ३ करोड २ लाख नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले ९ प्रतिशतको हाराहारीमा लाभांश वितरणको क्षमता बनाएको छ।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३३.०३ घटेर २ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेर ५ करोड ६६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षसम्म यस्तो आम्दानी २२ करोड २० लाख रुपैयाँ रहेको थियो।

बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ३ अर्ब ४० रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा ३.९२ प्रतिशत रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको सीडीआर ८६.१२ प्रतिशत रहेको छ भने आधार दर १०.२४ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.४२ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.६७ रुपैयाँ रहेको छ।
२०७८ साउन २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...