जीवन विकास लघुवित्तको नाफामा उछाल, १०१ प्रतिशतले बढ्यो

वि.सं.२०७८ साउन २१ बिहीवार

काठमाडौँ । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौचने त्रैमाससम्मा ६८ करोड ९५ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षकोको तुलनामा १०१.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
हालै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको यस संस्थाको समीक्षा अवधिमा सञ्चालन तर्फको मुनाफा घटेर ३८ करोड ३७ लाख रुपैयाँमात्र भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४२ करोड ३८ लाख रुपैयाँ थियो।
यस्तै संस्थाले यो अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ९४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले ९ अर्ब ९२ करोड रुपैयाँ सापटी लिई २० अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई १० अर्ब ६६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार पनि १३७.६२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५५ करोड १० लाख रुपैयाँ रहेको थियो।
(ईपीएस) पनि ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ।
२०७८ साउन २१ गते प्रकाशित

प्रकाशित समय : ०७:०२ बजे