back

मनकामना स्मार्ट लघुवित्तको नाफामा उछाल, ५८९.१७ प्रतिशतले बढ्यो

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा उछाल आएको छ। आज सार्वजनीक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८९.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४६ लाख ७६ हजार रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो।

यता समिक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ८८ करोड ६६ लाख रुपैयाँ देखिएको छ । अघिल्लो वर्ष संस्थाको यस्तो घाटा २ करोड ८४ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाले ८ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११८.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ६७ करोड ६ लाख रुपैयाँ सापटी लिई ९७ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २८ करोड १२ लाख रुपैयाँ सापटी लिई ४८ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ४१०.२९ प्रतिशतले बढेर ३ करोड ७७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ करोड २२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १२ करोड ११ लाख रहेको मनकामना स्मार्टको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २६.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३१.१५ रुपैयाँ रहेको छ।

यो लघुवित्तले २ वटा लघुवित्त आपसमा मर्ज भएर गत वर्ष साउन ११ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। साविक मनकामना र स्मार्ट लघुवित्त आपसमा मर्ज भएका थिए।

रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले प्रदेश ५ लाई कार्यक्षेत्र बनाएर ३५ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ। कमप्नीले भर्खरै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको हो ।
२०७८ साउन २१ गते प्रकाशित


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...